तेक्वान्दो खेलाडीलाई सदस्यसचिव सिलवालको सहयाेग
काठमाडौं। कोभिड-१९ महामारीका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोगस्वरूप खाद्यान्न प्रदान गरिएको छ।

दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो। करीब ५० हजार रूपैयाँ बराबरको राहत वितरण गरिएको थियो।

सदस्यसचिवको तर्फबाट उनका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे।

सदस्यसचिव सिलवाल आफैं उपस्थित भई राहत वितरण गर्ने कार्यक्रम भए पनि कार्य व्यस्ताका कारण उपस्थित हुन नपाएको राखेपले जनाएको छ।

त्यस्तै  काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले पनि आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ। कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए।

पहिलो चरणमा उनीहरूलाई चामल, दाल, तेल र नुन प्रदान गरिएको थियो। कार्यसमितिले  ३६ हजार बराबरको खाद्यान्न प्रदान गरेको थियो। काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले  लकडाउन धेरै लम्बिएमा समस्यामा परेका खेलाडी पहिचान गरी दोस्रो चरणमा सहयोग गर्ने बताएकाे छ।

प्रतिक्रिया दिनुहोस्