क्वारेन्टाइनमा बस्‍नेकाे स‌ंख्या एक लाख ६६ हजार नाघ्याे, आइसोलेसनमा दुई हजार ५६८ संक्रमित
काठमाडौं। देशैभरका अस्पतालमा आजसम्म दुई हजार ५६८ जना कोरोना संक्रमित उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १६६, २ मा ८७१, बागमतीमा ५०, गण्डकीमा ५४, प्रदेश ५ मा ८६९, कर्णालीमा ४७५ र सुदूरपश्चिममा ८३ जना संक्रमति आइसोलेसनमा छन्।

आजसम्म देशैभर क्वारेन्टाइनमा एक लाख ६६ हजार ७६५ जना छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा चार हजार ५९, २ मा २१ हजार ३६३, बागमतीमा तीन हजार ५७७, गण्डकीमा पाँच हजार ४४२, प्रदेश ५ मा ४० हजार १४६, कर्णालीमा ३१ हजार ९५२ र सुदूरपश्चिममा ६० हजार २२६ जना छन्।

देशैभर आजसम्म ८८ हजार ३६६ पीसीआर र आरडीटी किट विधिबाट एक लाख ३२ हजार ९६६ नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा चार हजार २३२ पीसीआर र सात हजार ४०२ आरडीटी विधिबाट परीक्षण भएका छन्।

हालसम्म ३३३ जना डिस्चार्ज भएका छन्। तीमध्ये प्रदेश १ मा ७६, २ मा १२१, बागमतीमा ३२, गण्डकीमा तीन, प्रदेश ५ मा ९२, कर्णालीमा दुई र सुदूरपश्चिममा सातजना छन्।

प्रतिक्रिया दिनुहोस्