बाँकेमा पसल खोल्न दिने निर्णय दुई दिनमै फिर्ता
<p>बाँके। जिल्ला प्रशासन कार्यालयले बार तोकेर पसल खोल्न दिने गरेकाे निर्णय दुई दिनमै फिर्ता लिएको छ।</p>
<p>२१ जेठमा प्रशासनले बार तोकेर पसलहरू दैनिक पाँच घण्टा खोल्न दिने निर्णय गरेको थियो। तर, सावधानी अपनाउन नसकिएको भन्दै प्रशासनले उक्त निर्णय फिर्ता लिएको हो।</p>
<p>अब अत्यावश्यक र दैनिक उपभोग्य वस्तु तथा सेवासम्बन्धी पसल बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म खोल्न पाइनेछ।</p>
<p>२२ र २३ जेठमा बजार र पसल खोल्दा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धीकाे प्रोटाेकल पालना हेर्दा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएकाले उक्त निर्णय रद्द गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
