पछिल्लो २४ घण्टामा २७८ संक्रमित थपिए, नेपालमा कूल दुई हजार ९१२ जनामा कोरोना संक्रमण

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्‍न स्थानका प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २७८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमण पुष्‍टि भएकाहरूमा सुनसरीका २१, झापाका ११, मोरङका ६, अर्चाखाचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका ३, बाराका ३, तनहुँका २ जना छन्।

त्यस्तै भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङका १, डडेल्धुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, दोलखाका १, गोरखाका १, सुर्खेतका १, दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जनामा कोरोना संक्रमण फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्