कोरोना हटस्पट बनेका दैलेखका नारायण र दुल्लु क्षेत्रमा निषेधाज्ञा

काठमाडौं। कर्णाली प्रदेशमा कोरोना संक्रमणको हटस्पट बनेको दैलेखका दुई नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आज साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताए।

स्थानीय प्रशासनले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

संक्रमण थप फैलिन नदिनका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिए।

भारतबाट घर फर्किने नेपालीहरूको संख्या बढेसँगै अहिले दैलेखमा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका छन्।

हिजोमात्र दैलेखमा एकैदिन ११३ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्