काठमाडौं। प्रहरीले दाङबाट एम्बुलेन्समा लागुऔषध ब्राउनसुगर भेटिएपछि चालकसहित तीनजनालाई पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर सहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपालगञ्जदेखि तुलसीपुरतर्फ आउँदै गरेको उद्योग बाणिज्य संघ तुलसीपुर दाङबाट संचालित रा. १ च ३८९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २३ वर्षीय शंकर पुन छन्। एम्बुलेसन्मा उनी नक्कली बिरामी भएर आएका थिए।
प्रहरीले आवश्यक अनुसन्धानका लागि एम्बुलेन्सका चालक र एम्बुलेन्समा सवार १८ वर्षीया किशोरीलाई समेत नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
" /> काठमाडौं। प्रहरीले दाङबाट एम्बुलेन्समा लागुऔषध ब्राउनसुगर भेटिएपछि चालकसहित तीनजनालाई पक्राउ गरेको छ।तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर सहित उनीहरूलाई पक्राउ गरेको हो।

">