कपिलवस्तुमा एकैदिन ४४ जनामा संक्रमण पुष्टि <p>काठमाडौं। कपिलवस्तुमा आज एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको नमूना परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए।</p> <p>उनका अनुसार यशोधरा गाउँपालिकाका २९ र महाराजगञ्ज गाउँपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको हो।</p> <p>योसहित कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या ४७५ पुगेको छ। जिल्लामा अहिलेसम्म संक्रमित मध्ये ३२ जना काेराेनामुक्त भएर घर फर्किसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्