काठमाडौं। सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि बन्द गरिएको छ।
स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नहुँदा पाँच दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको हो।
सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा आजसम्म एक हजार १०० स्वाब संकलन गरिएका छन्।
दैनिक २५० जनाको पीसीआर परीक्षण भइरहेको छ। प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै पाँच दिनका संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।
"प्रयोगशालामा ११०० भन्दा बढी स्वाब राख्न सकिने अवस्था छैन। यिनीहरूलाई परीक्षण गराउन चार दिन लाग्छ। त्यसैले पाँच दिनसम्म संकलन गर्ने काम रोक्न भनेका छौं", निर्देशक डा. अवस्थीले भने।
डिफ्रिजको क्षमता नहुँदा स्वाब बिग्रिने भन्दै पाँच दिनका लागि रोकिएको उनकाे भनाइ छ। "स्वाब राख्दा निश्चित तापक्रममा राख्नुपर्छ। हामीसँग भएको डिफ्रिज सबैमा स्वाब राखिएको छ। अब तत्काल थप गर्न सकिने अवस्था छैन", अवस्थीले भने।
भारतबाट आउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै स्वाब संकलनको मात्रा पनि बढेको छ। तर, बढी क्षमता नहुँदा समस्या भइरहेको उनको भनाइ छ।
" /> काठमाडौं। सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि बन्द गरिएको छ।स्वाब स्टोरेज गर्न आवश्यक पर्ने डिफ्रिज नहुँदा पाँच दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको हो।

">