काठमाडौं। कोरोना भाइरस संक्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि देशभर एक हजार १०७ टोली परिचालन गरिएको छ।
संघ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।
प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल तथा स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना संक्रमित भएको पृष्टि भएको छ। ट्राभल हिस्ट्रीका आधारमा संक्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ।
इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन्। पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैं पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि खटाइरहेको छ।
अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी संक्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. पाण्डेले बताए।
“पहिले हामी १०० जनासम्म संक्रमित भएको अवस्थामा हामी आफैँ नै जाने गर्थ्यौं। उदयपुर, कपिलवस्तु, बाँके, धनगढीमा हामी आफैँ गयौँ”, उनले भने, “अहिले संक्रमित बढेकाले हामीबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव भएन। हामीले प्रदेश र स्थानीय तहका चिकित्समलाई तालिम दिएर खटाइरहेका छौँ।”
स्थानीय तहमा प्रत्येक गाउँपालिकामा एकवटा समूहको दरले, नगरपालिकामा दुई टोलीको दरले उपमहानगरपालिकामा तीन टोलीको दरले र महानगरपालिकामा पाँच टोलीको दरले कन्ट्याक्ट ट्रेसिङका लागि परिचालन गरिएको छ। ती टोलीमा तीनजना रहनेछन्। जसमा जनस्वास्थ्य अधिकृतसहित, नर्स र ल्याब टेक्निसियन रहने गर्छन्।
४६० गाउँपालिकामा ४६० टोली, २७६ नगरपालिकामा ५५२ टोली, ११ उपमहानगरपालिकामा ३३ टोली र ६ महानगरपालिकामा ३० टोली परिचालन छन्। संक्रमित पृष्टि भएपछि ती संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा नजिकका आफन्त, घरपरिवार सबैको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ।
तीनदेखि ११० जनामा ट्रेसिङ
कोभिड–१९ संक्रमितसँग नजिक रहेकासँग गरिने कन्ट्याक्ट ट्रेसिङ तीनजनादेखि ११० जनासम्म गरिएको छ। कोभिड-१९ को संक्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नका लागि संक्रमित भएका व्यक्तिका नजिक रहेका तीनदेखि ११० जनासम्ममा कन्ट्याक्ट ट्रेसिङ गरिएको महाशाखाको सर्भेलेन्स तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए।
महाशाखाले एकजना संक्रमितमा रहेका नजिकका व्यक्ति थोरैमा तीन र धेरैमा ११० जनासम्म कन्ट्याक्ट ट्रेसिङ गरेको छ ।
सर्भेलेन्स शाखा प्रमुख अधिकारीले संक्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर, फोनबाट उसको नजिकको रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए। कन्ट्याक्ट ट्रेसिङ संक्रमितलाई संक्रमण हुनुभन्दा १४ दिन अगाडि र संक्रमितको लक्षण नदेखिएमा ६ हप्तासम्म अगाडिका व्यक्ति नजिक रहेकालाई गरिन्छ।
संक्रमितसँगै पाँचदेखि १० दिनसम्म क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिलाई आरडीटी वा पीसीआर परीक्षण गरिएकाे शाखा प्रमुख अधिकारीले बताए। रासस
" /> काठमाडौं। कोरोना भाइरस संक्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि देशभर एक हजार १०७ टोली परिचालन गरिएको छ।संघ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

">