कोभिड-१९को २ अर्ब डोज खोप आपूर्ति गर्न तयारः बेलायती कम्पनी

लन्डन। बेलायतको औषधि उत्पादक एस्ट्रा जेनेकाले कोभिड-१९ विरुद्धको दुई अर्ब डोज खोप आपूर्ति गर्न सक्ने क्षमता विस्तार भएको दाबी गरेको छ।

माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी व्यवसायी बिल गेट्ससँग र अर्को एक सम्झौतामा हस्ताक्षर गरिएपछि खोप तयार गर्ने क्षमता विस्तार भएको कम्पनीको भनाइ छ।

गत महीना सोही कम्पनीले एक अर्ब डोज औषधि उपलब्ध गराउन सकिने बताएको थियो। अक्स्फोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पार्ने खोप उत्पादनको तयारीमा रहेको कम्पनीको भनाइ छ।

बीबीसीका अनुसार आफूले उत्पादन गर्ने खोप कमजोर र मध्यम आय भएका मुलुकमा आपूर्तिको व्यवस्था मिलाइने कम्पनीले बताएको छ।

उक्त कम्पनीको एक नयाँ साझेदार हो, सेरम इन्स्टिच्युट अफ इन्डिया। उक्त कम्पनी परिमाणका आधारमा संसारकै ठूलो खोप उत्पादक हो। एस्ट्रा जेनेकाका अन्य दुई साझेदार कम्पनीलाई बिल र मेलिन्डा गेट्सको साथ छ।

प्रतिक्रिया दिनुहोस्