काठमाडौं। ६ जनाको ज्यान जानेगरी पश्चिम रुकुमको चौरजहारीमा भएको ‘हत्याकाण्ड’को अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली रुकुम पुगेको छ।
घटनाको सुक्ष्म अनुसन्धानमा सघाउन सीआईबीको टोली रुकुम पुगेको हो। टोलीले केही दिन जिल्लामै बसेर काम गर्नेछ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले प्राविधिक सहयोगका लागि सीआईबीको टोली पुगेको बताए। प्राविधिक टोलीमा कर्णाली प्रदेश प्रहरी कार्यालयका एक अधिकारी पनि छन्।
सीआईबीका प्रमुख डीआईजी सहकुलबहादुर थापाले टोलीले अनुसन्धान शुरू गरिसकेको बताए।
“जुनियर अफिसरको नेतृत्वमा प्राविधिक टोली रुकुम पुगेको हो। अनुसन्धान शुरू भइसकेको छ,” डीआईजी थापाले भने, “टावर एनालाइसिस, सीडीआर एनलाइसिस, फोन संवाद र फेसबुक तथा मेसेजको सम्बन्धमा अध्ययन गरिनेछ।”
घटनाको अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय कर्णाली प्रदेशका प्रमुख एसएसपी पोषराज पोखरेल नेतृत्वको टोली पनि रुकुममै रहेर काम गरिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्तकुमार पन्तले बताए।
“प्रदेशबाट टेक्निकल सपोर्टका लागि पनि एकजना खटाएका छौँं। संघीय प्रहरी कार्यालयको प्रमुखकै नेतृत्वमा एउटा टोली त्यहीँ बसेर काम गरिरहेको छ,” डीआईजी पन्तले भने।
डीआईजी पन्त घटनास्थलको निरीक्षणपछि सुर्खेत फर्किसकेका छन्। घटनामाथि संवेदनशील भएर अनुसन्धान भइरहेको उनी बताउँछन्।
गएको १० जेठ साँझ चौरजहारी-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू १७ देखि २३ वर्ष उमेर समूहका हुन्। उनीहरूको शव फरक-फरक मितिमा भेरी नदीमा भेटिएको थियो।
नवराजकी मल्ल थरकी प्रेमिकालाई दुलहीका रूपमा ‘भगाउन’ गएका बेला केटीका अभिभावकसहित गाउँलेको लेखटाइबाट भेरी नदीमा परेर उनीहरूको मृत्यु भएको थियो।
पीडित पक्षले हत्या गरेर नदीमा फालेको आरोप लगाएका छन्। घटनामा नवराजको समूहका दुईजना घाइते भएका थिए। बाँकी १० जनालाई सामान्य चोटपटक लागेको थियो। कुटपिट हुँदै गर्दा पुगेको प्रहरीले ती १२ जनाको उद्धार गरेको थियो।
थप सातजना पक्राउ
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रुकुमको चौरजहारी नगरपालिका-८ सोतीबाट थप सातजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४० वर्षीय नेत्रहादुर मल्ल, ३० वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन, रमित पुन, २२ वर्षीय भीम पुन र २१ वर्षीय नवीन घर्ती रहेको डीएसपी केसीले बताए। यीसहित पक्राउ पर्ने आरोपितको संख्या २५ पुगेको छ।
डीएसपी केसीका अनुसार यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई गएराति जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम मुसिकोट पुर्याइएको छ।
यसअघि चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरीसहित उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायत १८ जना पक्राउ परिसकेका छन्। पीडितको तर्फबाट वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको थियो। किटानी जाहेरी परेकामध्ये दुई जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको डीएसपी केसीले बताए।
अघिल्लोचोटी पक्राउ परेका १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न २२ जेठमा रुकुम जिल्ला अदालतबाट प्रहरीलाई दोस्रोपटक १० दिनको म्याद प्राप्त भएको छ। आरोपितहरूको पोलिग्राफसमेत परीक्षण गर्ने प्रहरीले बताएको छ।
सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा गठन गरेको छानविन समिति पनि अहिले रुकुममै बसेर काम गरिरहेको छ। घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति बनाउनुपर्ने मागसमेत उठिरहेको छ।
संसदीय विशेष समिति गठनको मागसहित २२ जेठमा ज्ञापनपत्र बुझाउन पुगेको सांसदहरूको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले यसमा विषयमा आफू सकारात्मक रहेको जवाफ दिएका थिए।
" /> काठमाडौं। ६ जनाको ज्यान जानेगरी पश्चिम रुकुमको चौरजहारीमा भएको ‘हत्याकाण्ड’को अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली रुकुम पुगेको छ।घटनाको सुक्ष्म अनुसन्धानमा सघाउन सीआईबीको टोली रुकुम पुगेको हो। टोलीले केही दिन जिल्लामै बसेर काम गर्नेछ।

">