कोरोना पुष्टि भएको १७ घण्टापछि मात्र अस्पताल भर्ना

कैलाली। कोरोना भाइरसको संक्रमण पुष्टि भएको करिब १७ घण्टापछि मात्र एक महिला र एक पुरुषलाई अस्पताल भर्ना गरिएको छ।

धनगढी उपमहानगरपालिका १४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकलाई सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल ल्याइएको हो।

कोरोना भाइरसको संक्रमण पुष्टि भएको १७ घण्टासम्म उनीहरू परिवारसँगै क्‍वारेन्टाइनको एउटै कोठामा बस्‍न बाध्य थिए। क्‍वारेन्टाइनमा भारतबाट आएका अरू व्यक्तिहरूलाई पनि राखिएको छ।

कोरोना अस्थायी अस्पतालका डाक्टर शेरबहादुर कमरले दुवैजनाको उपचार शुरु भएको जानकारी दिए।

दुवै संक्रमित १४ दिनअघि भारतको दिल्लीबाट एउटै गाडीमा त्रिनगर नाका हुँदै स्वदेश आएका थिए। र, धनगढी उपमहानगरपालिका फूलबारीको पञ्‍चोदय माविको क्‍वारेन्टाइनमा परिवारसहित बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्