सालकको खपटासहित ३ जना पक्राउ
<p>काठमाडौं। प्रहरीले मकवानपुरबाट सालकको खपटासहित तीनजनालाई पक्राउ गरेको छ।</p>
<p>इलाका प्रहरी कार्यालय मनहरीको टोलीले सालकको खपटाको कारोबार भइरहेको सूचनापछि जाँच गर्ने क्रममा बरामद भएको हो।</p>
<p>प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-१२ का ३२ वर्षीय लालसिंह बोम्जन, मनहरी गाउँपालिका ७ का ३९ वर्षीय अबमिकल घलान र चितवनको राप्ती नगरपालिका ७ का ५५ वर्षीय बधुवा चौधरी पक्राउ परेका हुन्।</p>
<p>उनीहरूको साथबाट प्रहरीले ६ सय ५० ग्राम खपटा बरामद गरेको हो। उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय मकवानपुर पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
