जुम्लामा क्वारेन्टाइनमा रहेका पुरुषको मृत्यु

काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिका-८ स्थित क्‍वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए।

मृतक २१ जेठमा नेपालगञ्‍जबाट जुम्ला पुगेका थिए। बाहिरबाट आएकाले उनलाई सोही दिन नजिकैको क्‍वारेन्टाइनमा राखिएको थियो। उनको मृत्युको कारण खुलेको छैन।

मृतक मुटु र दमको बिरामी भएको खुलेको छ। उनले नियमित औषधि सेवन गर्दै आएका थिए।

धामीका अनुसार मृतक व्यक्तिको थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्