स्वदेश फर्कनेलाई टेलिकमको निःशुल्क सिमकार्ड <p>काठमाडौं । कोभिड-१९ को विश्&zwj;वव्यापी महामारीका कारण स्वदेश फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ ।</p> <p>भारतसँगका २० वटा नाका र हवाईमार्गबाट स्वदेश फर्किने नागरिकलाई राखिने क्&zwj;वारेन्टाइन र &lsquo;होल्डिङ सेन्टर&rsquo;मा बुथ स्थापना गरी टेलिकमले निःशुल्क सिम उपलब्ध गराउन लागेको हो । त्यसका लागि कम्पनीले हाललाई एक लाख सिमकार्डको व्यवस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।&nbsp;</p> <p>सिम प्राप्त गर्न नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनुपर्नेछ । स्वदेश फर्किने नागरिकसँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा आफन्त र निकटस्थ व्यक्तिको परिचयपत्रबाट पनि सिम उपलब्ध गराउने टेलिकमको योजना छ।</p> <p>त्रिभुवन अन्तर्राष्&zwj;ट्रिय विमानस्थलबाट हुँदै स्वदेश प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौँ उपत्यकामा आठवटा होल्डिङ सेन्टर तयार पार्दैछ । ती सेन्टरमा टेलिकमले निःशुल्क वाइफाइ सेवासमेत उपलब्ध गराउने भएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्