तनहुँमा थप दुईजना कोरोना संक्रमण पुष्टि
<p>काठमाडौं। तनहुँमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p>गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार ऋषिङ गाउँपालिका घर भई स्थानीय क्‍वारेन्टाइनमा बसिरहेका ३९ र ४० वर्षीय दुईजना पुरुषमा संक्रमण पुष्टि भएको हो। </p>
<p>संक्रमित दुवैलाई तनहुँको सरकारी अस्पतालस्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
