कोभिड-१९: बढ्दैछन् दक्षिण अफ्रिकामा संक्रमित
जोहानेसबर्ग। कोरोना भाइरसको प्रसार रोक्न शुरुमा सफलता पाएको दक्षिण अफ्रिकाको अवस्था विस्तारै बिग्रिँदै गएको छ।
दक्षिण अफ्रिकामा ३७ हजार पाँच सय २५ जनामा संक्रमण देखिएको छ भने सात सय ९२ जनाले ज्यान गुमाएका छन्।
जोहानेसबर्गस्थित बीबीसी संवाददाताका अनुसार आगामी सातामा शहरका सबै अस्पताल कोभिड-१९ का बिरामीले भरिने चेतावनी चिकित्सकहरूले दिएका छन्। अहिले सबै आईसीयू शय्या भरिइसकेका छन्।
अफ्रिका महादेशमा दक्षिण अफ्रिका सबैभन्दा विकसित मुलुक मानिन्छ। त्यहीं अवस्था खराब हुँदै जानुले पूरै महादेशको अवस्था आकलन गर्न सकिने कोरोना भाइरसका एक विज्ञ प्राध्यापक सबिर माधी बताउँछन्।
यसैबीच, दक्षिण अमेरिकी मुलुक पेरुमा संक्रमित संख्या उकालो लागेको छ। हालसम्म एक लाख ८३ हजारमा संक्रमण देखिएको छ।
प्रतिक्रिया दिनुहोस्