अमेरिकी बास्केटबल लिग शुरु हुँदै <p>वासिङ्टन। अमेरिकाको ठूलोमध्येको एक बास्केटबल लिग पुनः शुरु गर्न बाटो खुलेको छ।</p> <p>कोरोना भाइरसको संक्रमण फैलिएपछि ११ मार्चदेखि उक्त लिग स्थगित भएको थियो। उक्त प्रतियोगिताका बाँकी खेल फ्लोरिडाको डिज्&zwj;ने वर्ल्ड रिसोर्टमा ३१ जुलाईदेखि सञ्&zwj;चालन हुने भएका छन्।</p> <p>बीबीसीका अनुसार प्रतियोगितामा सहभागी हुने २२ टीमले दर्शकबिना नै खेलमा सहभागी हुनुपर्नेछ।</p> <p>लिग पुनः शुरु गर्ने प्रस्ताव नेसनल बास्केटबल एसोसिएसनको बोर्ड अफ गभर्नर्सले स्वीकृत गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्