काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन निजी क्षेत्रका प्रयोगशालासँग सहकार्य गर्ने भएको छ।
परीक्षणका लागि स्याम्पल आउने क्रममा ह्वात्तै बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले प्रयोगशालालाई निजी क्षेत्रसँग सहकार्य गरेर परीक्षणको दायरा बढाउन निर्देशन दिएको थियो।
सोही निर्देशन बमोजिम दर्तावाला निजी क्षेत्रका प्रयोगशालालाई सातदिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन्।
परीक्षणको लागि आफूसँग भएको क्षमता खुलाइ के कस्तो सहकार्य गर्न सकिन्छ सोको प्रस्ताव पेश गर्न भनिएको हो।
एक हजार नमूना परीक्षण क्षमता रहेको प्रयोगशालाले अहिले पूर्ण रूपमा परीक्षण गर्दै आएको छ। तर, परीक्षणका लागि भने दैनिक तीन हजार भन्दा बढीको मात्रामा नमूना आइरहेको भन्दै परीक्षणको दायरा बढाउनुको विकल्प नरहेको निर्देशक झाको भनाइ छ।
" /> काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड-१९ को परीक्षणको दायरा बढाउन निजी क्षेत्रका प्रयोगशालासँग सहकार्य गर्ने भएको छ।परीक्षणका लागि स्याम्पल आउने क्रममा ह्वात्तै बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले प्रयोगशालालाई निजी क्षेत्रसँग सहकार्य गरेर परीक्षणको दायरा बढाउन निर्देशन दिएको थियो।

">