अरब सागरको चक्रवात असर : यी ठाउँमा वर्षा र बाढीको सम्भावना

काठमाडौं। भोलि र पर्सि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको भन्दै भोलि र पर्सि देशको पूर्वी तथा मध्यभागमा हल्का तथा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेश भई बहने साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने नेपाल बाढी सूचनाले जनाएको छ।

२३ र २४ जेठमा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को पूर्वी भूभागमा मध्यम वर्षा भई नदीहरूमा पानीको बहाब बढ्ने भन्दै नदी तथा तटिय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्