पहिलो चरणमा २३ जेठमा १९४ जना नेपाली काठमाडौं आइपुग्ने तय भएको छ। म्यानमारमा अलपत्र परेका २६ जना नेपाली लिएर त्यहाँको सैनिक विमान भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
त्यसैगरी, युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एअर अरेवियाको जहाजमा १६८ जना नेपाली पनि भोलि नै काठमाडौं आइपुग्ने टुङ्गो लागेको छ।
यसरी आउने नेपालीलाई सरकारले ल्याउन लागेको भने होइन। म्यानमार र यूएईले आफै उनीहरूलाई नेपाल ल्याइदिन लागेका हुन्। उनीहरूको टिकट खर्च त्यहाँको सरकारले बेहोर्ने हो वा नेपालीले नै तिर्न लागेका हुन् भन्ने चाहिँ खुलिसकेको छैन। नेपाल सरकारले भने ती उडानको कुनै शुल्क ब्यहोर्दैन।
२३ जेठमा म्यानमारबाट दुईवटा उडान हुनेछन्। त्यहाँबाट आउन लागेको जहाजमा १३ जना मात्रै यात्रु अट्ने भएकाले दुईवटा जहाज आउन लागेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। आउँदा र जाँदा हुने चारवटा उडानमा नेपालमा रहेका ४१ जना म्यानमारका नागरिक स्वदेश फर्कने छन्।
म्यानमारबाट ३१ जना नेपालीलाई ल्याउने सूची तयार भए पनि ५ जनाले भने स्वास्थ्य परीक्षण गर्न नभ्याएकाले आउन नसकेको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए।
विदेशबाट उद्धार गरेर ल्याउने नेपालीले नेपाल आउनको लागि विमान चढ्नुअघि कोभिड–१९ परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने नियम नेपाल सरकारले बनाएको छ। नेपाल आउनेहरूले आरडीटी वा पीसीआर जुन विधिबाट भए पनि स्वास्थ्य परीक्षण गरेको रिपोर्ट पेश गर्नुपर्छ।
यूएई र बर्माबाट आउने जहाजलाई नेपालमा उडान अनुमति दिइएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। म्यानमारबाट आउने पहिलो जहाज विहान करिब ९ बजे आइपुग्ने छ भने यूएईबाट आउने जहाज भने दिउँसो १२ देखि १ बजेको बीचमा काठमाडौंमा अवतरण गर्ने जानकारी आएको पोखरेलले बताए।
यूएईले यसअघि नै दुईवटा विमानमा नेपालीहरूलाई काठमाडौं ल्याउन अनुमति मागेको थियो। तर, त्यसबेला सरकारले अनुमति दिएको थिएन।
यूएईले २६ र २९ जेठमा पनि त्यहाँ रहेका नेपालीलाई नेपाल ल्याइदिनका लागि उडान अनुमति मागेको छ। तर, उक्त दिनको उडानको लागि भने अनुमति नदिइसकेको पोखरेलले बताए।
उडान अनुमतिका लागि परराष्ट्र, गृह हुँदै पर्यटन मन्त्रालयले अन्तिम निर्णय गरेपछि नागरिक उडड्यन प्राधिकरणबाट उडान अनुमति जारी हुने व्यवस्था रहेको छ।
नेपालले कहिलेदेखि विदेशमा रहेका नेपाली ल्याउँछ ?
सरकारले विदेशबाट नेपाल फर्कन चाहने नेपालीहरूको सूची तयार गरिरहेको छ। विदेशमा रहेका नेपाली दूतावास र अन्य कुटनीतिक नियोगमार्फत् नेपाल फर्कन चाहने नेपालीको सूची तयार भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सचिव एवं कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक महेन्द्र गुरागाईले बताए।
सरकारले भने २८ जेठपछि मात्रै विदेशबाट नेपाली ल्याउने तयारी गरेको छ। विदेशमा रहेका नेपाली कुन दिनबाट ल्याउने भन्ने यकिन भने अहिलेसम्म भइसकेको छैन।
विदेशबाट फर्कन चाहने नेपालीको सूची बनाउने कामको संयोजन परराष्ट्र मन्त्रालयले गरिरहेको छ। “परराष्ट्र मन्त्रालयले तयार गरेको सूची संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जान्छ। त्यो सूचीको आधारमा एक दिनमा बढीमा १० फ्लाइट भन्दा बढी नहुने गरी उडान अनुमति दिने निर्णय मन्त्रिपरिषदबाट भएको छ। हामी त्यसै अनुसार तयारी गरिरहेका छौं”, गुरागाईले भने, “नेपाल फर्कन चाहने नेपालीको सूची बन्न थालेको छ। अहिले नै उडान अनुमति भने दिइसकेको छैन।”
कसरी हुन्छ व्यवस्थापन ?
विदेशबाट आएका नेपालीलाई काठमार्डौंमा व्यवस्थापनका जिम्मा नेपाली सेनाको उपत्यका पृतनाले लिएको छ। नेपाली सेनाले तयार गरेको गाडीमा विमानस्थलबाट उनीहरूलाई होल्डिङ एरियामा लगिन्छ।
काठमाडौं, ललितपुर र भक्तपुरमा गरी दुई वटा रिजर्भ सहित नौ वटा होल्डिङ सेन्टर तय गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। जसमा काठमाडौंमा एउटा रिजर्भ सहित चार, ललितपुरमा एउटा रिजर्भ सहित ३ र भक्तपुरमा २ वटा होल्डिङ सेन्टर बनाइएको छ।
काठमाडौंमा तयार गरिएको होल्डिङ सेन्टरमा बागमती, गण्डकी र प्रदेश ५ का व्यक्तिहरूलाई राख्ने तय भएको छ। त्यसका लागि काठमाडौको बसुन्धरामा कुन्डलिनी पार्टी प्यालेस, यति पार्टी प्यालेस, सुकेधारमा स्काई जोन पार्टी प्यालेसलाई होल्डिङ सेन्टर तोकिएको छ। यी होल्डिङ सेन्टरमा अत्यधिक मान्छे भएमा सुकेधारामा नै मिराकल पार्टी प्यालेसलाई रिजर्भको रूपमा राखिएको छ।
भक्तपुरमा प्रदेश १ र २ का नागरिकलाई राख्ने तय गरिएको छ। त्यसका लागि इम्पेरियल पार्टी प्यालेस सुर्यविनायक, हेरिटेज प्यार्टी प्यालेस ठिमीलाई होल्डिङ सेन्टर तोकिएको छ।
ललितपुरमा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई राख्ने गरी डिलाइट पार्टी भेन्यू महालक्ष्मी थान, मण्डला पार्टी भेन्यू ग्वार्कोलाई होल्डिङ सेन्टर तोकिएको छ। सिद्धार्थ कटेज धोवीघाटलाई रिजर्भ होल्डिङ सेन्टर बनाइएको छ।
होल्डिङ सेन्टरमा के गरिन्छ ?
विदेशबाट नेपालका लागि विमान उड्नुअघि नै उक्त जहाजमा आउने यात्रु नेपालका कुन कुन प्रदेशका छन् भनेर सूची तयार भइसकेको हुन्छ। सोही अनुसार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट नै उनीहरूलाई नेपाली सेनाले प्रदेश अनुसार तोकिएको होल्डिङ सेन्टरमा लैजान्छ।
त्यहाँ उनीहरूलाई केहीबेर आराम गराइन्छ। उनीहरूको सबै विवरण संकलन गरिन्छ। होल्डिङ सेन्टरमा उनीहरूको सामान्य स्वास्थ्य परीक्षण पनि हुन्छ। विदेशबाट आएका सबै नेपालीलाई मोवाइल नम्बरबाट ट्रयाकिङ गर्ने विधि अपनाइएको छ। होल्डिङ सेन्टरमा पुगेका उनीहरूसँग सिमकार्ड नभएमा नेपाल टेलिकमको सिमकार्ड निःशुल्क वितरण गरिने तय गरिएको सीसीएमसीका संयोजक गुरागाईले बताए। “होल्डिङ सेन्टरमा उनीहरूलाई आराम गराइन्छ। विवरण संकलन हुन्छ। सिमकार्ड नभए त्यो पनि दिइन्छ। स्वास्थ्य मन्त्रालयको एप्लिकेशन डाउनलोड गर्न लगाइन्छ”, गुरागाईले भने।
होल्डिङ सेन्टरबाट स्थानीय तहलाई जिम्मा लगाइने
त्यसरी होल्डिङ सेन्टरमा पुर्याइएका विदेशबाट आएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पुर्याउनका लागि प्रत्येक प्रदेशमा एक एक जना प्रदेशका मन्त्रीलाई संयोजक तोकिएको छ। नेपाली सेनाले उनीहरूसँगको समन्वयमा विदेशबाट आएका नेपालीलाई स्थानीय तहमा पुर्याउने व्यवस्था मिलाइएको गुरागाईले बताए।
२३ जेठमा आउने नेपालीलाई स्थानीय तहमा पुर्याउने जिम्मेवारी भने महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरूङले पाएका छन्। २३ जेठमा आउने नेपालीहरुकाे व्यस्थापनकाे लागि स्थानीय तहसँग समन्वय भइरहेकाे मन्त्री गुरूङले बताए।
विदेशबाट आएका नेपालीलाई स्थानीय तहमा लैजान समय लाग्न सक्ने भएकाले उनीहरू केही दिन होल्डिङ सेन्टरमै बस्नुपर्ने पनि हुन सक्ने गुरागाईले बताए।
“स्थानीय तहमा पुर्याउने कामको व्यवस्थापन मिलाउँदैछौं। भोलि आउने नेपालीलाई तत्काल स्थानीय तहमा पुर्याउन समस्या हुन पनि सक्छ। सकेसम्म समस्या नहुने गरी काम गरिरहेका छौं”, गुरागाईले भने।
नेपाली सेनाले स्थानीय तहको जिम्मा लगाएपछि उनीहरू अनिवार्य रूपमा १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्छ।
विदेशबाट को–को आउन पाउँछन् ?
सरकारले विदेशबाट उद्धार गरेर ल्याउँदा सबैभन्दा समस्यामा परेका नेपालीलाई पहिलो प्राथमिकतामा राखेको छ। विदेशका जेलबाट आममाफी पाएका, रोजगारी गुमेर अलपत्र परेका, आफन्त भेट्न वा घुम्नका लागि विदेश गएका, अध्ययन सम्पन्न गरेर बसेका, रोजगार कम्पनीले लामो समय विदा दिएका व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने तयारी सरकारले गरेको छ।
नेपाल फर्कंदाको विमानको टिकट शुल्क भने फर्कने यात्रुले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ।
" /> काठमाडौं। विभिन्न मुलुकमा अलपत्र परेका नेपाली भोलि, २३ जेठबाट नेपाल आउने भएका छन्। सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेसँगै यसको प्रक्रिया अघि बढेको हो।पहिलो चरणमा २३ जेठमा १९४ जना नेपाली काठमाडौं आइपुग्ने तय भएको छ। म्यानमारमा अलपत्र परेका २६ जना नेपाली लिएर त्यहाँको सैनिक विमान भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।

">