काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनमा अवरुद्ध पठनपाठनलाई सहज बनाउन शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग परामर्श गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा विज्ञहरूले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनलाई निरन्तरता दिन विकल्प खोज्न सुझाव दिएका छन्।
जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन नियमित गराउने , संचालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजन कक्षा संचालन गर्न उनीहरुले सुझाव दिएका हुन्।
उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा 'भर्चुअल क्लास' का सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका प्रविधि प्रमाणीकरण गर्न र खोज अनुसन्धानबाट आएका तथ्यांकलाई आधार मानेर अगाडि बढाउन सुझाव दिएको बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले 'भर्चुअल क्लास', विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरूबाट समितिले सुझाव लिएको जानकारी दिए।
विडारीका अनुसार लकडाउनलाई व्यवस्थित गर्दै अनलाइन , टेलिभिजन, मोबाइलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचार-प्रसार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई मस्यौदाको रूपमा मन्त्रिपरिषद् बैठकमा लगिनेछ।
लकडाउनको मोडालिटी परिवर्तन गर्न केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालासँग छलफल गर्दै आएको छ।
समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी , विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल गरिसकेको छ।
" /> काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनमा अवरुद्ध पठनपाठनलाई सहज बनाउन शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग परामर्श गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा विज्ञहरूले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनलाई निरन्तरता दिन विकल्प खोज्न सुझाव दिएका छन्।

">