काठमाडौं। उत्तरी ध्रुवीय क्षेत्रको एक नदीमा करीब २० हजार टन डिजल चुहिएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संकटकाल घोषणा गरेका छन्।
१६ जेठमा साइबेरिया शहर नजिकै ‘नोरिल्स्क’ कम्पनीको पावर प्लान्टमा रहेको इन्धन ट्यांक फुटेकाले यो चुहावट भएको हो।
अधिकारीहरुले यो घटनाको दुई दिनपछि मात्रै थाहा पाएको भनेर रुसी राष्ट्रपति क्रुध भएका छन्।
निकेल र पेलेडियम उत्पादन गर्ने विश्वकै ठूलो मध्येको एक खानी उद्योग ‘नोरिल्स्क निकेल’ ले त्यो पावर प्लान्ट किनेको थियो।
२२ जेठमा भएको एउटा भिडिओ कन्फ्रेन्समा राष्ट्रपति पुटिनले कम्पनीका प्रमुखलाई यसको जिम्मेवार ठान्दै आलोचना गरेका छन्।
“किन सरकारी अधिकारीहरुले दुई दिनपछि मात्रै यो घटनाबारे थाहा पाए ?” उनले उक्त प्लान्टका प्रमुख सर्जेई लिपिनलाई प्रश्न गरे, “के हामी आपतकालीन अवस्थाबारे सामाजिक सञ्जालबाट थाहा पाउने भएका हौं ?”
त्यसअघि त्यस क्षेत्रका गभर्नर अलेक्जेण्डर उसले राष्ट्रपति पुटिनलाई ‘सामाजिक सञ्जालमा चुहावटबारे सामग्री आएपछि आफूले थाहा पाएको’ उल्लेख गरेका थिए।
यो चुहावटका कारण ३५० वर्ग किलोमिटर क्षेत्रफल भूभाग प्रदुषित भएको बताइएको छ।
राष्ट्रपति पुटिनले यो दुर्घटनाबारे छानविन गर्ने आदेश दिएका छन्। त्यस्तै उक्त पावर प्लान्टका म्यानेजरलाई गिरफ्तार गरिएको छ।
नोरिल्स्क निकेलले भने एउटा वक्तव्य सार्वजनिक गदै ‘समयमै र सही तरिकाले’ घटनाबारे जानकारी गराइएको दावी गरेको छ।
पावर प्लान्टमा रहेको इन्धन ट्यांकलाई अड्याइराखेका पिलरहरु भासिन थालेपछि ट्यांक फुटेको जनाइएको छ।
पावर प्लान्ट नै जमेको भूभागमाथि बनाइएको हो।विश्व तापमान वृद्धि हुँदै जाँदा त्यो भूभाग पग्लिन थालेको चेतावनी दिइएको थियो।
दुर्घटनास्थलबाट १२ किलोमिटरसम्म डिजेल बगेको तस्वीरहरू सार्वजनिक भएका छन्। डिजेलका कारण त्यहाँको ‘अम्बर्नया नदी’ गाढा रातो भएको छ।
" /> काठमाडौं। उत्तरी ध्रुवीय क्षेत्रको एक नदीमा करीब २० हजार टन डिजल चुहिएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संकटकाल घोषणा गरेका छन्।१६ जेठमा साइबेरिया शहर नजिकै ‘नोरिल्स्क’ कम्पनीको पावर प्लान्टमा रहेको इन्धन ट्यांक फुटेकाले यो चुहावट भएको हो।

">