काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै देशैभरका अस्पतालका आइसोलेसनमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणसमेत गरेर देशैभरका अस्पतालमा २ हजार ३३५ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा १४९, २ मा ८४३, बागतीमा २४, गण्डकीमा ५०, प्रदेश ५ मा ८१६, कर्णालीमा ३८० र सुदूरपश्चिममा ७३ जना संक्रमितको उपचार भइरहेको छ। देशैभर संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ।
जसअनुसार प्रदेश १ मा १९७, २ मा ९६३, बागमतीमा ५९, गण्डकीमा ५३, प्रदेश ५ मा ८९८, कर्णाली प्रदेशमा ३८३ र सुदूरपश्चिममा ८१ जना रहेका छन्।
हालसम्म प्रदेश १ बाट ४८, प्रदेश २ बाट ११९, बागमतीबाट ३२, गण्डकीबाट ३, प्रदेश ५ बाट ७९, कर्णालीबाट २ र सुदूरपश्चिमबाट ७ जना गरेर २९० जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार देशैभर क्वारेन्टाइमा एक लाख ६१ हजार २६२ जना रहेका छन्। प्रदेश १ मा ३ हजार ९६३, प्रदेश २ मा २२ हजार ४१९, बागमतीमा ३ हजार २३८, गण्डकीमा ४ हजार २९७, प्रदेश ५ मा ३६ हजार ५३९, कर्णालीमा ३२ हजार ५६५ र सुदूरपश्चिममा ५८ हजार २४१ जना क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयले आजसम्म ८४ हजार १३४ पीसीआर विधिबाट र १ लाख २५ हजार ५६४ आरडीटी किट विधिबाट नमूना परीक्षण भएको जनाएको छ। पछिल्लो २४ घण्टामा पीसीआरबाट ३ हजार ८६७ र आरडीटीबाट ५ हजार १८५ नमूना परीक्षण भएका छन्।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै देशैभरका अस्पतालका आइसोलेसनमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणसमेत गरेर देशैभरका अस्पतालमा २ हजार ३३५ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।

">