काठमाडौं। नेपाल एअरलाइन्सको बाइडबडी जहाज आज जापानको नारिता जान लागेको छ।
काठमाडौंको दरबारमार्गस्थित सेरेन ट्राभल्स एण्ड टुर्सले नेपाल एअरलाइन्सको जहाज चार्टर गरेर जापान लैजान लागेको हो।
उक्त जहाज २६८ जना यात्रु लिएर आज राति ९ बजे जापानको नारितातर्फ प्रस्थान गर्दैछ।
ट्राभल्सले इकोनोमी क्लासका लागि १२ सय अमेरिकी डलरसम्म टिकट मूल्य लिएको छ भने विजनेश क्लासमा १८ सय अमेरिकी डलरसम्म लिएर टिकट बिक्री गरेको छ।
नेपाल एअरलाइन्सको नियमित व्यवसायिक उडान हुँदा जापानको नारिताको लागि इकोनोमी क्लासमा एकतर्फी ३७ हजार र दुईतर्फी टिकटको मूल्य ७६ हजार तोकेको थियो।
नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि नेपाल एअरलाइन्सले पाँचौ पटक जापानमा उडान भर्न लागेको हो।
सेरेन ट्राभल्स एण्ड टुर्सकै चार्टरमा आगामी २५ जेठमा पनि नेपाल एअरलाइन्सको बाइडबडी जापान जाने तय भएको छ।
त्यसैगरी, २६ जेठमा नेपाल एअरलाइन्स तेस्रो पटक अस्ट्रेलिया जाने भएको छ। यसअघि अस्ट्रेलियाको राजधानी क्यानबेरा र सिड्नीमा नेपाल एअरलाइन्सले चार्टर उडान गरिसकेको छ।
नेपाल एअरलाइन्सको न्यारोबडी जहाज आज हङकङ जाने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको छ।
हङकङको विमानस्थलले पर्याप्त क्वारेन्टाइन नभएपछि केही समय उडान सार्न भनेपछि स्थगित भएको नेपाल वायुसेवा निगमको प्रवक्ता अर्चना खड्काले बताइन्।
कतार एअरवेज काठमाडौंमा
बेलायती दूतावासले चार्टड गरेको कतार एअरवेजको जहाज काठमाडौं आएको छ।
व्रिटिश एम्बेसीले करीब ३०५ जना यात्रु पठाउनको लागि कतार एअरवेजको जहाज चार्टर गरेर काठमाडौं ल्याएको हो।
कतार एअरवेजको जहाजमा अहिले यात्रु बोर्डिङ भइरहेको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
" /> काठमाडौं। नेपाल एअरलाइन्सको बाइडबडी जहाज आज जापानको नारिता जान लागेको छ।काठमाडौंको दरबारमार्गस्थित सेरेन ट्राभल्स एण्ड टुर्सले नेपाल एअरलाइन्सको जहाज चार्टर गरेर जापान लैजान लागेको हो।

">