नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पामा २० जेठमा मृत्यु भएका ४५ वर्षीय युवकको थ्रोट स्वाब नमूना परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको हो।

पाल्पाका पूर्वखोला ४५ वर्षीय ती युवक पाँचदिन अघि भारतबाट आएका थिए। उनलाई क्वारेन्टाइनमा राखिएको थियो।

श्‍वासप्रश्‍वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो। उनको २० जेठमा मृत्यु भएको थियो।

स्वाब नमूनाको परीक्षण रिपोर्ट आज आएको हो। रिपोर्ट आएसँगै मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएको पुष्‍टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्