दैलेखमा एकै दिन भेटिए ११३ कोरोना संक्रमित
<p>काठमाडौं। दैलेखका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p>
<p>प्रदेश अस्पताल सुर्खेत,पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ८ जनामा कोभिड-१९ पोजिटिभ फेला परेको हो।</p>
<p>उनीहरू नारायण नगरपालिकाका ३, नौमुले गाउँपालिकाका ५ जना छन्।</p>
<p>आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखमा १०५ जनामा संक्रमण पुष्टि भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
