काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई भोलि, २३ जेठदेखि स्वदेश ल्याउने भएको छ।
पहिलो चरणमा भोलि बर्मामा समस्यामा परेका २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई 'एअरलिफ्ट' बाट काठमाडौं ल्याइँदैछ।
म्यानमारबाट त्यहाँको सैनिक जहाज काठमाडौं आउन लागेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। उक्त जहाजमा २६ जना यात्रु हुनेछन्।
त्यसैगरी, युनाइटेड अरब इमिरेट्स (युएई) बाट पनि चार्टर जहाज काठमाडौं आउन लागेको उनले जानकारी दिए।
सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूलाई लकडाउन यता स्वदेश आउन अनुमति दिएको यो पहिलो पटक हो। तर, दुवै जहाज नेपाल आउँदा नेपाल सरकारले भने त्यसको खर्च व्यहोर्नु पर्दैन।
युएईले यसअघि नै दुई वटा चार्टर जहाजमा नेपालीहरूलाई काठमाडौं ल्याइदिनको लागि अनुमति मागेको थियो। तर, सरकारले त्यतिबेला अनुमति दिएको थिएन।
विदेशबाट आएका नेपालीलाई नेपाली सेनाले विमानस्थलबाट होल्डिङ एरियामा लैजाने, त्यहाँ स्वास्थ्य परीक्षण गर्ने र सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइनेछ।
" /> काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई भोलि, २३ जेठदेखि स्वदेश ल्याउने भएको छ।पहिलो चरणमा भोलि बर्मामा समस्यामा परेका २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई 'एअरलिफ्ट' बाट काठमाडौं ल्याइँदैछ।

">