काठमाडौं। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको संयुक्त बैठकले उपत्यका क्षेत्रमा लकडाउन खुकुलो बनाउन सिफारिस गरेको छ।
आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको बैठकले लकडाउन खुकुलो बनाउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति र सीसीएमसीलाई सिफारिस गरेको हो।
व्यापारीहरुले दुईमहीना भन्दा लामो समयसम्म लकडाउनका कारणले अर्थव्यवस्था ठप्प भएको भन्दै आजदेखि लकडाउन अवज्ञा गरेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा निकाय लगायतको बैठक बसेको थियो।
“निश्चित मापदण्ड तोकेर लकडाउन सहज बनाउने वातावरण बनाउनुपर्छ भन्ने बैठकमा छलफल भएको हो”, काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्याम ज्ञवालीले भने, “त्यसैअनुसार हामीले उच्चस्तरीय समिति र सीसीएमसीलाई सिफारिस गरेका छौं।”
प्राथमिकताका आधारमा अहिले खुकुलो बनाउन सकिने क्षेत्रलाई मात्रै सहज बनाउनुपर्ने विषयमा छलफल भएको उनले बताए।
प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका पदाधिकारीहरूले केही व्यवसायीहरूसँग पनि छलफल गरेका थिए। छलफलमा व्यवसायीहरूले पनि आवश्यक मापदण्ड पूरा गरेरै लकडाउन खुकुलो बनाउनेतर्फ ध्यान दिनुपर्ने भन्दै आफूहरू सोही अनुसारले पालना गर्न तयार रहेको बताएका थिए।
११ चैतदेखिको लकडाउनका कारणले आर्थिक गतिविधि नै ठप्प रहेको भन्दै व्यवसायीहरूले आजदेखि उपत्यकाका क्षेत्रमा बिहानैदेखि व्यापार, व्यवसाय सञ्चालन गरेका थिए।
व्यापारीहरूले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएर व्यवसाय सञ्चालन गर्न शुरू गरेपछि जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठक बसेको थियो।
पढ्नुहोस्
लकडाउन उल्लंघन गर्दै खुले न्युरोडका पसल (तस्वीर र भिडिओ)
" /> काठमाडौं। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको संयुक्त बैठकले उपत्यका क्षेत्रमा लकडाउन खुकुलो बनाउन सिफारिस गरेको छ।आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको बैठकले लकडाउन खुकुलो बनाउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति र सीसीएमसीलाई सिफारिस गरेको हो।

">