काठमाडौं। लकडाउन उल्लंघन गरेर पसल खोलेको भन्दै आज बिहान धनुषाको जनकपुरमा प्रहरीले सडकमा आवतजावत गर्ने मानिसहरूलाई कुटपिट गरेको छ।
जानकी चोक नजिकै प्रहरीले एक युवकलाई निर्घात कुटपिट गर्दै ल्याएर गाडीमा हालेको र त्यसपछि बाटोमा हिडिरहेका अन्यलाई पनि कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
लामो समयदेखि लकडाउन भएको भन्दै आज बिहान जनकपुरमा पनि स्थानीय व्यापारीले पसल खोलेका थिए। उक्त भिडिओमा प्रहरीले साइकल र मोटरसाइकलमा हिँडिरहेका मानिसहरूलाई पनि लाठी प्रहार गरेको देखिन्छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बजार व्यवसाय खोल्ने कुनै निर्णय नै नभई धमाधम दोकान खोलेपछि सम्झाउने क्रममा केही सामान्य विवाद भएको देखापढीलाई बताए।
निर्णय नभएकाले अहिले नै बजार व्यवसाय नखोल्न आग्रह गर्दा प्रहरीलाई अवरोध गर्ने प्रयास भएपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनले दाबी गरे।
तर, भिडिओमा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था देखिदैन। प्रहरीले बाटोमा भेटेका जतिलाई लाठी प्रहार गर्दै कुटपिट गरेको देखिन्छ।
भिडिओ हेर्नुहोस् :
" /> काठमाडौं। लकडाउन उल्लंघन गरेर पसल खोलेको भन्दै आज बिहान धनुषाको जनकपुरमा प्रहरीले सडकमा आवतजावत गर्ने मानिसहरूलाई कुटपिट गरेको छ।

">