कैलाली। निर्माण शुरू हुनुअघि ठेक्का प्रक्रियामै विवादमा परेको धनगढीको कोरोना विशेष अस्पताल निर्माण भइसकेपछि अर्को विवादमा परेको छ। यो विवाद हो, अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको भेटिनु।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटमा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको हो। डिजाइन र इस्टिमेटमा ५० शय्याको अस्पताल भनिएकोमा अहिले आएर ४० वटा शय्या मात्र त्यसमा अटाएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेयले अस्पतालमा ४० शय्या मात्रै अटाएको स्वीकार गरे। उनले निर्माणपछि ५० शय्याको अस्पताल भनेर हस्तान्तरण गरिएको भए पनि शय्या व्यवस्थापन गर्दा ४० शय्या मात्र अटाउन मिल्ने देखिएको बताए।

निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीलले भने ५० शय्याकै अस्पताल निर्माण गरेको दाबी गरे।

डिजाइन र इस्टिमेटमा पनि ५० शय्या नै उल्लेख भएको भन्दै उनले सामाजिक विकास मन्त्रालयले नै डिजाइन र इस्टिमेट बनाएर दिएको, त्यहीअनुसार निर्माण भएको बताए ।

यसअघि अस्पतालको ठेक्का सम्झौतामै मिलोमतो भएको गुनासो आएको थियो। धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत इन्जिनियर दिनेश बोहराले डिजाइन र इस्टिमेट बनाएका थिए।

उनले स्टिमेट बनाइसकेपछि जनस्वास्थ्य कार्यालय कैलालीले १७ चैतमा ठेक्का आह्वान गर्दै तीन दिनको समय दिएको थियो। तीन दिनमा चार वटा निर्माण कम्पनीले बोलपत्र प्रस्ताव खरिद गरे पनि लक्ष्मणबहादुर बोहरा सञ्चालक रहेको किनारा कन्ट्रक्सनले टेण्डर प्राप्त गरेको थियो।

इस्टिमेटमा नक्शाको डाईमेन्सन, कति फिट जग हाल्ने, उचाई कति हुने, कस्तो सामान प्रयोग गर्ने केही पनि उल्लेख नभएकाले निर्माणमा बदमासी भएको आशंका गरिएको छ।

" /> कैलाली। निर्माण शुरू हुनुअघि ठेक्का प्रक्रियामै विवादमा परेको धनगढीको कोरोना विशेष अस्पताल निर्माण भइसकेपछि अर्को विवादमा परेको छ। यो विवाद हो, अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको भेटिनु।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटमा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको हो। डिजाइन र इस्टिमेटमा ५० शय्याको अस्पताल भनिएकोमा अहिले आएर ४० वटा शय्या मात्र त्यसमा अटाएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेयले अस्पतालमा ४० शय्या मात्रै अटाएको स्वीकार गरे। उनले निर्माणपछि ५० शय्याको अस्पताल भनेर हस्तान्तरण गरिएको भए पनि शय्या व्यवस्थापन गर्दा ४० शय्या मात्र अटाउन मिल्ने देखिएको बताए।

निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीलले भने ५० शय्याकै अस्पताल निर्माण गरेको दाबी गरे।

डिजाइन र इस्टिमेटमा पनि ५० शय्या नै उल्लेख भएको भन्दै उनले सामाजिक विकास मन्त्रालयले नै डिजाइन र इस्टिमेट बनाएर दिएको, त्यहीअनुसार निर्माण भएको बताए ।

यसअघि अस्पतालको ठेक्का सम्झौतामै मिलोमतो भएको गुनासो आएको थियो। धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत इन्जिनियर दिनेश बोहराले डिजाइन र इस्टिमेट बनाएका थिए।

उनले स्टिमेट बनाइसकेपछि जनस्वास्थ्य कार्यालय कैलालीले १७ चैतमा ठेक्का आह्वान गर्दै तीन दिनको समय दिएको थियो। तीन दिनमा चार वटा निर्माण कम्पनीले बोलपत्र प्रस्ताव खरिद गरे पनि लक्ष्मणबहादुर बोहरा सञ्चालक रहेको किनारा कन्ट्रक्सनले टेण्डर प्राप्त गरेको थियो।

इस्टिमेटमा नक्शाको डाईमेन्सन, कति फिट जग हाल्ने, उचाई कति हुने, कस्तो सामान प्रयोग गर्ने केही पनि उल्लेख नभएकाले निर्माणमा बदमासी भएको आशंका गरिएको छ।

"> कैलालीको कोरोना अस्पताल : ठेक्का ५० शय्याको, बन्यो ४० शय्या मात्र: Dekhapadhi
कैलालीको कोरोना अस्पताल : ठेक्का ५० शय्याको, बन्यो ४० शय्या मात्र
कैलाली। निर्माण शुरू हुनुअघि ठेक्का प्रक्रियामै विवादमा परेको धनगढीको कोरोना विशेष अस्पताल निर्माण भइसकेपछि अर्को विवादमा परेको छ। यो विवाद हो, अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको भेटिनु।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटमा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको हो। डिजाइन र इस्टिमेटमा ५० शय्याको अस्पताल भनिएकोमा अहिले आएर ४० वटा शय्या मात्र त्यसमा अटाएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेयले अस्पतालमा ४० शय्या मात्रै अटाएको स्वीकार गरे। उनले निर्माणपछि ५० शय्याको अस्पताल भनेर हस्तान्तरण गरिएको भए पनि शय्या व्यवस्थापन गर्दा ४० शय्या मात्र अटाउन मिल्ने देखिएको बताए।

निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीलले भने ५० शय्याकै अस्पताल निर्माण गरेको दाबी गरे।

डिजाइन र इस्टिमेटमा पनि ५० शय्या नै उल्लेख भएको भन्दै उनले सामाजिक विकास मन्त्रालयले नै डिजाइन र इस्टिमेट बनाएर दिएको, त्यहीअनुसार निर्माण भएको बताए ।

यसअघि अस्पतालको ठेक्का सम्झौतामै मिलोमतो भएको गुनासो आएको थियो। धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत इन्जिनियर दिनेश बोहराले डिजाइन र इस्टिमेट बनाएका थिए।

उनले स्टिमेट बनाइसकेपछि जनस्वास्थ्य कार्यालय कैलालीले १७ चैतमा ठेक्का आह्वान गर्दै तीन दिनको समय दिएको थियो। तीन दिनमा चार वटा निर्माण कम्पनीले बोलपत्र प्रस्ताव खरिद गरे पनि लक्ष्मणबहादुर बोहरा सञ्चालक रहेको किनारा कन्ट्रक्सनले टेण्डर प्राप्त गरेको थियो।

इस्टिमेटमा नक्शाको डाईमेन्सन, कति फिट जग हाल्ने, उचाई कति हुने, कस्तो सामान प्रयोग गर्ने केही पनि उल्लेख नभएकाले निर्माणमा बदमासी भएको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्