काठमाडौं। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा रहेका थप २८ जना कोरोनामुक्त भएका छन्।
योसँगै प्रदेश १ बाट कोरोनामुक्त हुनेको संख्या ७६ पुगेको छ।
पछिल्ला दुई वटा कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि २२ पुरुष र छ जना महिलालाई डिस्चार्ज गर्न लागिएको प्रदेश १ कोभिड-१९ सचिवालयका संयोजक ज्ञानबहादुर बस्नेतले देखापढीलाई बताए।
"अहिले ३ बजे एक कार्यक्रमका बीच उहाँहरूलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ", बस्नेतले भने।
कोरोनामुक्त हुनेहरूमा झापाका सात, मोरङका छ, सुनसरीका चार, धनकुटाका चार, खोटाङका एक, सप्तरीका दुई र उदयपुर चारजना छन्। उनीहरू १६ देखि ४५ वर्ष उमेर समूहका हुन्।
कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारीमा रहेकाहरूमा धनकुटा जिल्ला अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मी छन्।
उनीहरू दुई एचए र दुईजना स्टाफ नर्स हुन्।
" /> काठमाडौं। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा रहेका थप २८ जना कोरोनामुक्त भएका छन्।योसँगै प्रदेश १ बाट कोरोनामुक्त हुनेको संख्या ७६ पुगेको छ।

">