कैलाली। तीन दिनअघि क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ वर्षीया कमला लुहारको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
भारतबाट आएर बैतडीको पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको २० जेठमा मृत्यु भएको थियो ।
मृत्युपछि सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको उनको थ्रोट स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
सँगै रहेका १८ महीनाका छोरा, श्रीमान् र अर्का एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ छ।
रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको महिलाको शव आफन्तको जिम्मा लगाइएको छ।
" /> कैलाली। तीन दिनअघि क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ वर्षीया कमला लुहारको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।भारतबाट आएर बैतडीको पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको २० जेठमा मृत्यु भएको थियो ।

">