क्वारेन्टाइनमै मृत्यु भएकी महिलामा काेराेना संक्रमण नभएकाे पुष्टि, शव आफन्तको जिम्मा लगाइयाे
<p>काठमाडाैं। २० जेठमा क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ वर्षीया कमला लुहारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।</p>
<p>भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको मृत्युपछि सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो </p>
<p>उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषमा पनि काेराेना संक्रमण नदेखिएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।</p>
<p>मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
