क्वारेन्टाइनबाट भागेर एक पुरुष घर पुगेपछि धनगढीमा तीन घर 'सिल'
<p>कैलाली। धनगढी उपमहानगरपालिका-१२ जुगेडामा रहेका पुरुष क्वारेन्टाइनबाट भागेपछि तीन घर 'सिल' गरिएको छ।</p>
<p>भारतको पन्जावबाट त्रिनगर नाका पुगेका उनलाई धनगढी उपमहानगरपालिकाको टिप्परमा राखेर जुगेडामा रहेको नवदुर्गा माविको क्वारेन्टाईनमा पुर्‍याइएको थियो। </p>
<p>क्वारेन्टाइनमा नवसेर भागेर घर पुगेपछि उनको घर र सँगै रहेको अन्य दुई घर 'सिल' गरिएको वडा नम्बर १२ का वडाध्यक्ष गणेशराज जोशीले बताए।</p>
<p>उनलाई घरमै क्वारेन्टाइनमा बस्‍ने गरी व्यवस्था मिलाइएको भन्दै अध्यक्ष जोशीले र्‍यापिड टेष्‍टको तयारी भइरहेको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
