जर्ज फ्लोयडको मृत्युमा अर्को ट्विस्ट- ‘उनको शरीरमा कोरोना भाइरस देखियो’ <p>वासिङ्टन। प्रहरीको अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका अमेरिकी अश्&zwj;वेत युवक जर्ज फ्लोयडको मृत्यु प्रकरणलाई अर्को &lsquo;ट्विस्ट&rsquo; दिइएको छ।</p> <p>अटोस्पी परीक्षणको रिपोर्टमा उनको शरीरमा कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख छ।</p> <p>शव परीक्षणका क्रममा उनको शरीरबाट स्वाब निकालिएको र त्यसको रिपोर्ट कोभिड-१९ पोजिटिभ आएको सरकारी अधिकारीहरूको दाबी छ।&nbsp;</p> <p>प्रमुख मेडिकल परीक्षक डा. एन्ड्रु बकेरले पीसीआर परीक्षणबाट उनमा कोरोना भाइरसको संक्रमण रहेको खुलेको बताए। तथापि, उनको मृत्युमा भाइरस संक्रमणको कुनै भूमिका नरहेको उनले स्पष्&zwj;ट गरे।</p>
प्रतिक्रिया दिनुहोस्