परराष्ट्र मन्त्रालयका प्रवक्ताले भने- ‘हङकङमा कानूनी व्यवस्था कायम गर्न चीनले गरेको प्रयासको नेपाल समर्थन गर्छ’
<p>काठमाडौं। चीनले हङकङमा लागू गरेको राष्ट्रिय सुरक्षा कानूनमा नेपालको धारणाबारे सञ्चारकर्मीको जिज्ञासामा स्पष्ट पार्न भन्दै परराष्ट्र मन्त्रालयका प्रवक्ताले विज्ञप्ति प्रकाशन गरेका हुन्।</p>
<p>परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भनेका छन्- ‘हङकङमा कानूनी व्यवस्था कायम गर्न चीनले गरेको प्रयासको नेपालले समर्थन गर्छ।’</p>
<p>नेपालले हङकङलाई चीनको अभिन्न अंग मान्ने र एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोर्‍याउने विज्ञप्तिमा उल्लेख छ।</p>
<p>देशमा शान्ति र कानूनी व्यवस्था कायम गर्ने हरेक मुलुकको प्राथमिक कर्तव्य हुने उल्लेख गर्दै नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नहुनेमा विश्वास गर्ने पौड्यालले उल्लेख गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
