कपिलवस्तुमा थपिए १२ संक्रमित
<p>काठमाडौं। कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ।</p>
<p>जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज बिहान १२ जनामा संक्रमण पुष्‍टि भएको हो।</p>
<p>बाणगंगा नगरपालिका १ का २१ वर्षका पुरुष, वडा २ का ८ वर्षीय बालिका र २६ वर्षकी महिला, ३९ वर्षका एक पुरुष, वडा नम्बर ४ का ३४ वर्षका पुरुष १, वडा नम्बर ७ का ३९ वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको हो।</p>
<p>त्यस्तै यशोधरा गाउँपालिका ७ का २२, २६, ३०, ३६, ४२ र ४८ वर्षका ६ जना पुरुषहरूमा पनि संक्रमण पुष्‍टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यससहित कपिलवस्तुमा संक्रमितको संख्या चार सय १४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
