अमेरिकाको न्युजर्सीमा रेस्टुराँ र बार खुलाउने तयारी

वासिङ्टन। अमेरिकी राज्य न्युजर्सीमा रेस्टुराँ र बारहरू खोल्ने तयारी थालिएको छ।

राज्यका गभर्नर फिल मर्फीले हिजो त्यससम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

आदेशअनुसार १५ जुनदेखि रेस्टुराँ र बार खोल्न सकिनेछ। त्यसका लागि चाँडै गाइडलाइन सार्वजनिक गरिने गभर्नर मर्फीले बताए।

हिजो न्युजर्सीमा कोभिड-१९ का कारण एक सय १२ जनाले ज्यान गुमाएका छन्। त्यससँगै उक्त राज्यमा मात्र ज्यान गुमाउनेको संख्या ११ हजार आठ सय ८० पुगेको छ।

गभर्नर मर्फीका अनुसार हिजो न्युजर्सीमा हिजो ६ सय ५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। त्यससँगै कुल संक्रमित एक लाख ६२ हजार ६८ जना पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्