आजदेखि अन्तर्राष्‍ट्रिय सीमा खोल्दै अस्ट्रिया <p>भियना। अस्ट्रियाले कोभिड-१९ को महामारीका कारण बन्द गरिएका अन्तर्राष्&zwj;ट्रिय सीमा आजदेखि खोल्न थाल्ने भएको छ।</p> <p>युरोपियन युनियनका सदस्य मुलुकहरूसँगको सिमाना १५ जुनदेखि खुला गर्ने जर्मनीको घोषणा आएपछि अस्ट्रियाले पनि सीमा खोल्ने निर्णय लिएको हो।</p> <p>बीबीसीका अनुसार अस्ट्रियाका विदेश मन्त्री मेरिस पेनले इटलीसँगको सीमा छिटोभन्दा छिटो खोल्न चाहेको बताइन्।</p> <p>कोरोना भाइरसको प्रसार विश्वभर बढिरहेकाले तत्कालका लागि अस्ट्रियाबाट ट्रान्जिट यात्राको अनुमति भने नदिइने उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्