मास्क नलगाई बिहे गर्दा १० हजार भारु जरिवाना
<p>नयाँदिल्ली। भारतको पञ्‍‍जाबमा एक नव विवाहित जोडी आफ्नो विवाहको विरुद्ध रहेका परिवारका सदस्यहरूबाट सुरक्षा माग गर्दै अदालत पुगे। तर, मास्क नलगाई विवाह गरेको बताउँदै अदालतले उनीहरूलाई १० हजार रुपैयाँ जरिवाना तोकेको छ।</p>
<p>आफूहरूले विवाह गरेको प्रमाणका रूपमा उनीहरूले अदालतमा तस्वीर पेश गरे। अदालतले ती तस्वीरमा उनीहरूले मास्क नलगाएको बताउँदै जरिवाना तोक्यो।</p>
<p>नवविवाहित जोडीले मात्र होइन, विवाहमा उपस्थित कसैले पनि मास्क लगाएका थिएनन्। “कोभिड-१९ को महामारीबाट बच्‍न मास्क लगाउनु अत्यावश्यक छ,” अदालतले भनेको छ।</p>
<p>अनलाइन न्युजपोर्टल ‘द प्रिन्ट’का अनुसार उनीहरूले लकडाउनकै बीच विवाह गरेका थिए। अदालतले परिवारका सदस्यहरूबाट उनीहरूको सुरक्षा प्रबन्ध मिलाउन प्रहरीलाई आदेश पनि दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
