काठमाडौं। नेपालमा पहिलोपटक ९ माघमा कोरोना भाइरस संक्रमण पुष्टि भयो। चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि भएको थियो।
त्यसको दुई महीनापछि ९ चैतमा नेपालमा दोस्रो संक्रमित भेटिए। त्यसपछि कोरोना संक्रमण विस्तार रोक्न सरकारले ११ चैतदेखि लकडाउन लागू गर्यो, जसको अवधि बढाएर ३२ जेठसम्म पुर्याइको छ।
चैत मसान्तसम्म नेपालमा संक्रमितको संख्या १२ मात्र थियो। तर, पछिल्ला दिनमा संक्रमितहरू रफ्तारमा बढिरहेका छन्। वैशाख मसान्तसम्ममा २१९ संक्रमित भएकोमा आज २१ जेठसम्म संक्रमितको संख्या दुई हजार ३०३ पुगेको छ।
यसमा आज साँझ धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका तीन जनालाई पनि गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरिसकेको छैन।
तर, धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन्।
एकातिर संक्रमणको रफ्तार बढेको छ भने अर्कोतिर कोरोना रोकथामका लागि सरकारले गरेको खर्चको सीमा पनि बढिरहेको छ। तर, त्यो प्रभावकारी देखिएको छैन।
कोरोना नियन्त्रणका लागि उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रूपैयाँ खर्च गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रूपैयाँ खर्च गरेका छन्।
अझै स्थानीय तहबाट भएको खर्चको पूर्ण विवरण आएको छैन। कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरूबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट २ अर्ब ७६ करोड रूपैयाँ खर्च भएको उनले बताए।
सरकारले कोरोना रोकथामका लागि झण्डै १० अर्ब खर्च गरेको आँकडा आफैले सार्वजनिक गरिरहँदा संक्रमण भने तीब्र दरमा विस्तार भइरहेको छ। पछिल्लो डेढ सातायता दैनिक एकसय भन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्र २१० जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कपिलवस्तु ६९, रूपन्देहीका २७, सर्लाहीका १५, महोत्तरीका ९, सुनसरीका ८ र कालिकोटका ७ जनामा संक्रमण देखिएको छ।
यसैगरी, रौतहटका ११, नवलपरासीका ८, पर्साका ७, दैलेख ७, दाङका ५, काठमाडौंमा ४ कैलालीका ३, सल्यानका ३, ताप्लेजुङका ३, डोटीका २, पाल्पाका २, प्युठानका २, झापाका २, मोरङका २ जनामा संक्रमण देखिएको छ।
धनकुटा, सप्तरी, पाँचथर तेह्रथुम, धनुषा, र सिन्धुपाल्चोकका एक/एक जनामा पनि संक्रमण देखिएको छ। आज संक्रमित थपिनेमा कालीकोट महावै गाउँपालिका-४ का चारमहिने शिशु पनि छन्।
२०१ जना संक्रमित थपिँदा आज ५२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने थप एक जनाको कोभिड–१९ बाट मृत्यु भएको पुष्टि भएको छ। नेपालमा अहिलेसम्म २७८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या नौ पुगेको छ।
आज मृत्यु पुष्टि भएका व्यक्ति दोलखाका ७६ वर्षीय पुरुष हुन्। १५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा उपचाररत उनको आज मृत्यु भएको मन्त्रालयले जनाएको छ।
आज कोरोनामुक्त हुनेमा ६ वर्षीया बालिका पनि छन्। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनी कोरोनामुक्त भएकी हुन्।
श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गएको ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट १ जेठमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो।
१२ र १७ जेठमा दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि १९ जेठमा उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भइ उनी आज डिस्चार्ज समेत भइसकेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम खड्गाले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दुई हजार १३ संक्रमितको देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख ५५ हजार ८६८ पुगेको छ। अहिलेसम्म आरडीटी विधिबाट एक लाख २० हजार ३७९ र पीसीआर विधिबाट ८० हजार २६७ जनाको परीक्षण भएको छ।
" /> काठमाडौं। नेपालमा पहिलोपटक ९ माघमा कोरोना भाइरस संक्रमण पुष्टि भयो। चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि भएको थियो।त्यसको दुई महीनापछि ९ चैतमा नेपालमा दोस्रो संक्रमित भेटिए। त्यसपछि कोरोना संक्रमण विस्तार रोक्न सरकारले ११ चैतदेखि लकडाउन लागू गर्यो, जसको अवधि बढाएर ३२ जेठसम्म पुर्याइको छ।

">