काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामले पछिल्लो चरणको कोरोना भाइरस परीक्षणमा एकजनाको नतिजा पोजिटिभ आएको जनाएको छ।
पोजिटिभ नतिजा आएका व्यक्ति सात दिनको लागि सेल्फ आइसोलेसनमा बसेको क्लबले जनाएको छ। टोटेनह्यामले खेलाडी वा कर्मचारीमा संक्रमण देखिएको भनी खुलाएको छैन।
‘‘मेडिकल गोपनीयताका कारण व्यक्तिको नाम खुलाइएको छैन’’, क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पछिल्लो चरणमा प्रिमियर लिगका एक हजार १९७ खेलाडीमा कोरोना भाइरस परीक्षण गरिएको थियो। त्यहाँ अहिलेसम्म पाँच चरणको कोभिड–१९ परीक्षण सम्पन्न भइसकेको छ। पाँच हजार ७९ जनाको परीक्षणमा १३ जनाको नतिजा पोजिटिभ आएको छ।
प्रिमियर लिगको क्लबका खेलाडी र कर्मचारीमा अहिले हप्ताको दुईपटक कोरोना भाइरस परीक्षण गरिएको छ। प्रिमियर लिग १७ जुनबाट शुरू हुनेछ।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामले पछिल्लो चरणको कोरोना भाइरस परीक्षणमा एकजनाको नतिजा पोजिटिभ आएको जनाएको छ।पोजिटिभ नतिजा आएका व्यक्ति सात दिनको लागि सेल्फ आइसोलेसनमा बसेको क्लबले जनाएको छ। टोटेनह्यामले खेलाडी वा कर्मचारीमा संक्रमण देखिएको भनी खुलाएको छैन।

">