चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा त्यसले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको छ।
सो क्षेत्र कसराबाट दक्षिण पूर्वमा पर्दछ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार १९ जेठमा आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ।
गैँडा रुखले थिचेको अवस्थामा आज भेटिएको हो। उनका अनुसार वयस्क पोथी गैँडा मरेको हो।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगति र दुर्घटनाबाट मर्ने गैँडाको संख्या २६ पुगेको छ।
गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतिबाट ४३ गैँडा मरेका थिए। सो घटनापछि भाेलिबाट निकुञ्जमा ‘स्पि अप्रेसन’ गरिँदैछ।
ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुन सक्ने भन्दै अप्रेसन गर्न लागिएको उप्रेतीले जानकारी दिए। रासस
" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा त्यसले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको छ।सो क्षेत्र कसराबाट दक्षिण पूर्वमा पर्दछ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार १९ जेठमा आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ।

">