काठमाडौं। कोरोना भाइरस संक्रमणको भयका कारण वेष्ट इन्डिजका तीन खेलाडीले इङ्ल्यान्ड भ्रमण नगर्ने भएका छन्।
ब्याट्सम्यान सिमरोन हेटमेयर, डरेन ब्राभो र अलराउन्डर कीमो पाउलले इङ्ल्यान्ड भ्रमण गर्ने २५ खेलाडीको टोलीबाट नाम फिर्ता लिएका छन्।
वेष्ट इन्डिजले इङ्ल्यान्डमा ८ देखी २८ जुलाईसम्म तीन खेलको टेष्ट शृंखला खेल्नेछ। खेल स्वास्थ्य सुरक्षा अपनाएर खाली रंगशालामा खेलाइनेछ।
त्यसका लागि वेष्ट इन्डिज टीम ९ जुनमा इङ्ल्यान्ड पुग्नेछ। इङ्ल्यान्डमा वेष्ट इन्डिज टीमले ओल्ड ट्राफोर्डमा क्वारेन्टाइन बस्नुका साथै अभ्यास गर्नेछ।
दुई देशबीचको पहिलो टेष्ट साउथह्याम्पटनमा जुलाई ८ बाट शुरू हुनेछ। दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा १६ जुलाईबाट शुरू हुनेछ भने तेस्रो टेष्ट पनि ओल्ड ट्रफोर्डमै २४ जुलाईबाट २८ जुलाईसम्म हुनेछ।
वेष्ट इन्डिज क्रिकेटले यसै साता खेलाडीको कोरोना भाइरस परिक्षण हुने जनाएको छ। टीम चार्टर्ड विमानबाट ८ जुनमा इङ्ल्यान्डका लागि उड्नेछ। वेष्ट इन्डिजले १४ सदस्सीय खेलाडीको नाम तथा ११ वैकल्पिक खेलाडीको नाम सर्वजनिक गरेको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको भयका कारण वेष्ट इन्डिजका तीन खेलाडीले इङ्ल्यान्ड भ्रमण नगर्ने भएका छन्।ब्याट्सम्यान सिमरोन हेटमेयर, डरेन ब्राभो र अलराउन्डर कीमो पाउलले इङ्ल्यान्ड भ्रमण गर्ने २५ खेलाडीको टोलीबाट नाम फिर्ता लिएका छन्।

">