काठमाडौं। देशभर कोरोना भाइरसद्वारा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य विपद्को अवस्था घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गृहकार्य थालेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बिहान त्यसबारे छलफल भएको तर, निर्णय भने भइनसकेको देखापढीलाई बताए।
आजसमेत गरी नेपालमा हालसम्म दुई हजार ३०० जना संक्रमित पुगेका छन्। जसमध्ये २७८ जना कोरोनामुक्त भएका छ भने ९ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या दुई हजार १३ रहेको छ।
स्वास्थ्य मन्त्रालयले अघिल्लो महीना बनाएको ‘हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान’मा पनि सक्रिय संक्रमितको संख्या दुई हजार नाघेमा देशमा जनस्वास्थ्य विपद्को अवस्था घोषणा गरेर कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने योजना समेटिएको छ।
यो पनि पढ्नुहोस् : कोरोना संक्रमित २००० नाघेपछि स्वास्थ्य आपत्कालको तयारी !
जनस्वास्थ्य सेवा ऐन, २०७५ मा जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सकिने प्रावधान छ। उक्त ऐनको दफा ४८ को उपदफा ४ मा कुनै स्थानीय तहले प्रचलित कानून बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने व्यवस्था छ।
तर, विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा सम्बन्धित प्रदेशले र एकभन्दा बढी प्रदेशहरूमा जनस्वास्थ्य विपद् अवस्था सृजना हुन गएमा नेपाल सरकारले तोकिए बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने उक्त ऐनमा व्यवस्था छ।
‘हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान’मा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेमा कोरोना रोकथामका लागि गर्ने तयारी पनि दोस्रो चरणमा प्रवेश गर्ने उल्लेख छ। जसमा लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने र लक्षण देखिएका र अवस्था गम्भीर भएका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने व्यवस्था छ ।
साथै, तयारीको अवस्थासमेत दोस्रो चरणमा प्रवेश गरेपछि देश स्वास्थ्य सामग्रीमा विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने तथा अन्तर्राष्ट्रिय मानवीय सहायता आवश्यक पर्ने समेत ‘हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान’मा उल्लेख छ।
दोस्रो चरणको तयारीमा सक्रिय संक्रमितको संख्या दुईदेखि पाँच हजारको बिचमा हुनुपर्छ।
पाँच हजार भन्दा माथि पुगेमा भने देशमा थप संकटको अवस्था आउँछ र त्यो संकटसँग जुध्न तेस्रो चरणको छुट्टै तयारी गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको योजना छ।
" /> काठमाडौं। देशभर कोरोना भाइरसद्वारा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य विपद्को अवस्था घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गृहकार्य थालेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बिहान त्यसबारे छलफल भएको तर, निर्णय भने भइनसकेको देखापढीलाई बताए।

">