कैलाली। सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका सातजना कोरोना संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल लगिएकाे छ।
महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले कैलालीका सातजना कोरोना संक्रमितलाई महाकाली अस्पतालमा भर्ना गरिएको बताए।
उनले सेती प्रादेशिक अस्पतालमा आइसोलेसनको अभाव भएपछि महाकाली अस्पतालमा ल्याइएको बताए।
कैलालीको गौरीगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका सातजनालाई महाकाली अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।
योसँगै महाकाली अस्पतालमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
सेती प्रादेशिक अस्पतालमा आइसोलेसन बेडको अभाव भएको भन्दै अस्पताल पुर्याएका गौरीगंगाका कोरोना संक्रमितलाई हिजो, २० जेठमा धनगढी उपमहानगरपालिका-४ स्थित एक मन्दिरमा राखिएको थियो।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका सातजना कोरोना संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल लगिएकाे छ।महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले कैलालीका सातजना कोरोना संक्रमितलाई महाकाली अस्पतालमा भर्ना गरिएको बताए।

">