काठमाडौं। कतारबाट नेपाल फर्किनैपर्नेहरूका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ।
दोहास्थित् नेपाली दूतावासले आज जारी गरेको सूचनाअनुसार तेस्रो मुलुकबाट हवाई उडानमार्फत् स्वदेश फर्किनैपर्ने नेपालीहरूले उडाअघि अनिवार्य रूपमा कोरोना संक्रमण नभएको रिपोर्ट बुझाउनुपर्ने हो।
त्यसका लागि आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर रिपोर्ट बुझाउन भनिएको हो।
यो विषयमा दुविधा देखिएकाले विभिन्न विकल्पबारे नेपाल र कतार सरकारका सम्बन्धित निकायसँग समन्वय भइरहेको भन्दै दूतावासले कुनै न कुनै रूपबाट समस्याको हल गरिने जनाएको छ।
विदेशबाट उद्धार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको उद्धारका लागि सरकारले तयारी थालेको छ।
तेश्रो मुलुकबाट आउनेले हवाई उडान खर्च र होटल क्वारेन्टाइन खर्चलगायतका सम्पूर्ण खर्च आफैंले व्यहोर्नु पर्नेछ।
सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाई उडान, यातायात, होटल क्वारेन्टाइनलगायतका खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने नेपाल फर्किन चाहने नेपालीका लागि मापदण्ड तोकिएको छ।
तेश्रो मुलुकबाट आउनेले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टाइनसम्मको यातायात खर्च व्यक्ति स्वंमले व्यहोर्नुपर्ने पर्नेछ। त्यस्तै तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने पनि शर्त राखिएको छ।
" /> काठमाडौं। कतारबाट नेपाल फर्किनैपर्नेहरूका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ।दोहास्थित् नेपाली दूतावासले आज जारी गरेको सूचनाअनुसार तेस्रो मुलुकबाट हवाई उडानमार्फत् स्वदेश फर्किनैपर्ने नेपालीहरूले उडाअघि अनिवार्य रूपमा कोरोना संक्रमण नभएको रिपोर्ट बुझाउनुपर्ने हो।

">