भौतिक दूरीको नियम पनि हटाउँदै न्युजिल्यान्ड
वेलिङ्टन । न्युजिल्यान्डलाई आगामी सातादेखि ‘सामान्य जीवन’मा फर्काइने सरकारले बताएको छ ।

भौतिक दूरीमा रहने नियम पनि अन्त्य गरिने अधिकारीहरूले बताएका छन् । न्युजिल्यान्डले दुई महीनायता लकडाउनको नियम कडाइका साथ लागू गरेको थियो ।

प्रधानमन्त्री जसिन्डा आर्डेनले गत सोमबार लकडाउन हटाउने निर्णय लिइएको बताइन् ।

लकडाउनको तह ४ बाट १ मा झार्ने निर्णय गरिएको उनले बताइन् ।

कोरोना भाइरसको प्रसार कमजोर हुँदै गएपछि जनजीवन सामान्य बनाइएको उनको भनाइ छ ।

अझै पनि अन्तर्राष्ट्रिय सिमाना खोल्ने योजना नरहेको प्रधानमन्त्री आर्डेनले बताइन् ।

न्युजिल्यान्डमा कोरोना भाइरसको संक्रमण भएका एकजना मात्र उपचाररत छन् । यस्तै, १२ दिनयता एकजनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्