काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जर्मन बुन्डेसलिगाका खेलाडीले खेल दौरान जर्ज फ्लोइडको पक्षमा देखाएको ऐक्यवद्धताको घटना सजाय भन्दा प्रशंसायोग्य रहेको बताएका छन्।
फिफाले जर्मन फुटबल संघलाई खेलाडीले मैदानमा गरेको प्रदर्शनको घटनामा ‘कमन सेन्स’ प्रयोग गर्न सुझाव दिएको छ।
बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो र अच्राफ हाकिमी तथा बोरुसिया मुन्चेनग्लाडबाचका मार्कोस थुरामले खेल दौरान ‘फ्लोइडले न्याय पाउनुपर्छ’ भनी लेखिएको भित्री टिसर्ट प्रदर्शन गरेका थिए।
खेलाडीहरू विरोधमा उत्रिन थालेपछि जर्मन फुटबल संघले खेलाडी उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। प्रहरीको नियन्त्रणमा जर्ज फ्लोइडको मृत्यु भएपछि अमेरिकामा अहिले आन्दोलन र दंगा चर्किएको छ।
अमेरिकाको मिनियापोलिस शहरमा १९ जेठमा प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोइडको मृत्यु भएको थियो। प्रहरी अधिकारी डेरेक चौविनले भुइमा लडेका ४६ वर्षीय फ्लोइडको घाँटीमा घुँडाले थिचेर हत्या गरेको आरोपमा मुद्दा चलाइएको छ।
उनीसहित तीन प्रहरीलाई सेवाबाट बर्खास्त गरिएको छ। सान्चोले जर्सी खेलेका कारण रेफ्रीले पहेँलो कार्डको दर्शन गराएका थिए। हाकीमी र थुरामलाई केही कारबाही भएको छैन।
जर्मन फुटबल संघले उनीहरूलाई निलम्बन गर्ने विषयमा अनुसन्धान गरिरहेको छ। फिफाले विश्वभर भइरहेका घटनाक्रमलाई नियालेर आयोजकले मैदानभित्र भएका त्यस्ता घटनामा विचार गर्नु पर्ने जनाएको छ।
‘बुन्डेसलिगा खेलमा खेलाडीहरूले गरेको प्रदर्शन सजाय नभई प्रसंशाको योग्य छ’, फिफा अध्यक्ष इन्फान्टिनोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सधैँ रंगभेदको विरोध गर्नुपर्छ। कुदै पनि किसिमको विभेदको विरोध गर्नुपर्छ। हामीले सबै खालको हिंसाको विरोध गर्नुपर्छ।’
पछिल्लो समय इङ्लिस प्रिमियर लिग क्लबका खेलाडीले समेत हत्याको विरोध गरिरहेका छन्। लिभरपुल र चेल्सीका खेलाडीले मैदानमा घुँडा टेकेर विरोध जनाएका थिए।
" /> काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जर्मन बुन्डेसलिगाका खेलाडीले खेल दौरान जर्ज फ्लोइडको पक्षमा देखाएको ऐक्यवद्धताको घटना सजाय भन्दा प्रशंसायोग्य रहेको बताएका छन्।फिफाले जर्मन फुटबल संघलाई खेलाडीले मैदानमा गरेको प्रदर्शनको घटनामा ‘कमन सेन्स’ प्रयोग गर्न सुझाव दिएको छ।

">